जीवनमा बीमा किन आवश्यक छ ?
Advertise Here Book Now

भारती गुप्ता नवसंग्राम दैनिक । मानिस जन्मदेखि बुढेसकालसम्म आफ्नो रक्षा वा सुरक्षित जीवन बाच्नको लागि चिन्तित रहन्छन् । जीवनमा कुनै किसिमको बाहिरी दुर्घटना भयो भने त्यसको लागि बीमाको सहारा अत्ति आवश्यक छ । यसमा बीमा कम्पनीले परिवारलाई क्षतिपूर्ती दिने गर्छन् । तर, कुनै बैंकमा खात्ता खोलियो भने त्यहांबाट क्षतिपूर्ती दिंदैन । मान्छे मर्नु स्वभाविक नै हो । यो ध्रुव सत्य पनि हो । तर, जीवनलाई सुरक्षा दिन दैनिकी कमाइएको पैसालाई जथाभावी ठाउंमा खर्च हुन नदिन बानी बसाल्नु जीवनको सार्थकता हो । त्यसैले एक एक रुपैयां जम्मा गरेर जीवनलाई सुरक्षा दिनु र परिवारमा सबै सदस्यलाई कुनै किसिमको अपहेलना नहोस् भने क्रियाशिल हुनुपर्छ ।
यसको लागि हामीले पहिलेदेखि परिवार व्यवस्थित गर्नतर्फ सक्रिय हुुनुपर्छ । बीमा अभियन्ता गंगा यादवले ‘एउटा परिवारमा आठ सदस्य छन् भने एक जना मुख्य अभिभावक हुन्छन् ।’ ‘त्यसैले सबै जिम्मेवारी आफ्नो टाउंकोमा बोकेको हुन्छ ।’ तर, त्यो दुर्घटनाको चपेटामा परियो भने परिवारको सबै सदस्य समस्यामा फस्छन् ।’ ‘अब के गर्ने ? त्यो मूल सदस्यले पहिले नै उनले जीवन बीमा गरेको थियो ।’ त्यस जीवन बीमा कम्पनीले उनको परिवारलाई सुरक्षित रहन पैसा दिन्छन् । जहां उनले बीमा गराएको रकमको दोब्बर पैसा दिएर उनको परिवारका सदस्यहरुलाई व्यवस्थित गर्छन् । जसले उनको परिवार सुरक्षित हुन्छन् र पूनः सार्थक जीवन क्रियाशिल भई चल्ने गर्छन् । बीमाको पैसाले ती परिवारलाई कमाउंने बाटो खुल्छ । अनि परिवारमा तनाव हुंदैन । जीवन सरल ढंगतर्फ उन्मुख हुन्छन् । आज कम आय गर्ने रिक्शावाला, ठेलावाला, कृषक, मजदुर, चटपटे, खुद्रा ब्यापारीहरुले दिनभरी मिहनेत गरेर धैरथौर कमाउंछन् । सांझपख जाड रक्सी र मासुमा पैसा उडाउंछन् । छोराछोरीलाई स्कूल पठाउंदैनन् । राम्रो शिक्षातर्फ लगाउंदैनन् । आफु चाही खानपिन गर्छन् । मौजमस्ती गर्छन् । तर, बालबच्चा तथा परिवारका सदस्यलाई पीडाको खाल्डोमा डुबाउंने गर्छन् ।
त्यो जांड रक्सी नखाएर दूई पैसा बचाएर बालबालिका तथा आफ्ना घरका सदस्यको लागि बचत गर्नुपर्ने हो । बचत रकमबाट बालबालिकालाई उच्च शिक्षा दियो भने सुखी परिवार बन्छन् । विभिन्न रोगव्याधीबाट आफु पनि बच्न सकिन्छन् । ध्रुमपान र मद्यपान गरिहेका लुटना मेस्तरले आफ्नो जीवनको ७० प्रतिशत विताइसकेका छन् । तर, उनले एक पैसा बचत गर्न सकेका छैन । उनी दिनभरी रिक्शा चलाएर गांजाभांग खाएर आफ्ना बालबच्चालाई शिक्षाको उज्यालो घामबाट बंचित गरेको छ । आफ्नो जीवन पनि यस्तै विताइरहेका छन् । जीवनको अन्ततीर यस्ता व्यक्तिले दुःखको खाल्डोमा जाकिने नै निश्चित रहेको छ । उनी पनि आफु दुःख नपायोस् भनेर केही समयता बचत गर्ने बानी बसाल्दै आएको प्रयासरत छन् । जीवनमा आइपर्ने दुःख तनावलाई निवारण गर्न आजै सोच्नुपर्छ । जसरी लुटनाले ढिलो भएपनि भविष्यको लागि बचतको बानी बसाउंने प्रयास गरिरहेका छन् । यसकारण जीवन सुखी बनाउंनको लागि बचतको अर्को महत्वपूर्ण बाटो जीवन बीमा हो । सुरक्षित तथा व्यवस्थित जीवनको लागि आफ्ना बालबच्चाहरुको भविष्य उज्यालो बनाउंन सही ठाउंमा मात्र बचत गर्नुपर्छ । यसको लागि सिटिजन लाईफ इन्स्यूरेन्स बीमा कम्पनी एउटा सार्थक माध्यम भएको छ । हरेक मानिसलाई आफ्नो जीवनको उतारचढाव अर्थात दुःख सुखको सम्झाना आउंछन् । हात खुट्टा भएको बेला वा स्वस्थ भएको बखत । र, उनी कमाएर खान्छन् । तर, स्वास्थ्य समस्या भएका व्यक्ति अरुको भरमा जीवन बाच्न खोज्छन् । त्यसैले स्वस्थ भएको बेला आफ्नो अगामि जीवनको लागि ख्याल गर्नुपर्छ ।
आफ्नो जीवनको समस्या तथा दोधारबाट बाच्नको निम्ति शुरुमा परिश्रम गरेर आफ्नो जीविकोपार्जन गर्न सिक्नुपर्छ । सानै उमेरदेखि पैसा कमाउंन बानी बसाल्नुपर्छ । अनि बचत पनि गर्न सिक्नुपर्छ । बचत गरेको पैसा सुरक्षित ठाउंमा मात्र लगाउंनुपर्छ । उदाहरणको लागि किसानले मिहिनेत गरेर कमाएको पैसा जथाभावी काममा लगाउंदैन । किसानले आफ्नो जीवनको सही ठाउंमा सदुपयोग गर्छन् । त्यो राम्रो किसानको गुण हो । अनि किसानले उब्जाएको अन्नबाली, दाल, तरकारीे सबै वर्गको पेट पाल्ने काम हुन्छ । तर, किसानले उब्जाएको अन्नवालीको बजार भाउ नपाएपछि उनीहरु मर्कामा पर्छन् । त्यस कारण अहिलेको युगमा पैसा विना कुनै काम हुंदैन । त्यसैले पैसा सुरक्षित गर्न बानी बसाल्नुपर्छ । सुरक्षित गरी राखेको पैसाबाट समस्या परेको बेला हातमा आउंछ अनि जीवन सरल हुन सकिन्छ । सुनसरीको भुटहा हरिनगरा निवासी शान्ति गुप्ता खेती किसानीको मेहनतले चार छोरीलाई शिक्षा दिक्षा दिएर विवाह गर्न सफल भएकी छीन् । एक छोरा बल्ल कमाउंन थालेका छन् । उनी कमाएको एक एक पैसा बचत गरेर आफ्नो घरपरिवारलाई सफल बनाउंन क्रियाशिल भइन् । सानैदेखि बचत गर्ने बानी परेकोले आफ्ना जीवनको सफल बाटोतीर उन्मुख भएकीछीन् । यत्तिबेला बुढेसकाल कसरी विताउंने भनी उनीमाथी समस्या आएको छ । अनि शान्तिले जीवन बीमाको माध्यम रोजेका छन् । बीमाले बालिबालिका देखि बृद्धसम्मको जीवनलाई सार्थक र सफल बनाउंन एउटा महत्वपूर्ण बाटो बनेको छ । र, सुरक्षित तथा व्यवस्थित जीवनको आधार पनि जीवन बीमा नै ठोस बचतको आधारशिला बनेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्