शान्ति र संविधान निर्माण देखी संघियता जोगाउन काँग्रेशको भूमिका महत्वपूर्ण ः कोषाध्यक्ष यादब
Advertise Here Book Now
शिव दयाल यादब
बिष्णुपुर,कार्तिक ११ गते । नेपाली काँग्रेशकी केन्द्रिय कोषाध्यक्ष तथा पूर्व शान्ति मन्त्री सिता देवी यादबले काँगे्रशको इतिहासबारे बोल्दै शान्ति प्रक्रिया देखी संविधान निर्माण लगायतकामा महत्वपूर्ण भूमिका काँगे्रशले गरेको बताईन ।
नेपाली काँग्रेश बिष्णुपुर वडा नं. २ ले आयोजना गरेको दशैं,दिपाबली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष यादबले दवन्द्ध कालको समयमा सबैको मन तर्सिएको बेला पनि स्व.गिरिजा प्रशाद कोईराला शान्तिको दुत भई सवैलाई वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा ल्याएको कुरा अविस्मरणीय रहेको छ । यसका साथै स्व.गिरिजा प्रशाद कोईरालाले पनि यो देशमा वर्षोदेखी रहेको नेपालीको सपना शान्ति र संविधानलाई पूर्णता दिएको यस पार्र्टिको गौरबमय इतिहास रहेको बताईन ।
उनले भने फेरी पनि शेरबहादुर देउबाले आफनो पार्टिलाई दाउमा हालेर संविधान कार्यान्वयन र संघियता ल्याउनका लागि देशमा चुनाबको गराएको यस पार्टिको महानता भएको दावी गरिन ।
कोषाध्यक्ष यादबले देशमा बढडो बलात्कारका घटना र अत्यधिक करको मारमा रहेको जनताले वर्तमान सरकारबाट कस्तो अपेक्षा गर्न सकिन्छ भन्ने प्रष्टै रहेको बताईन ।
संगठन विस्तार गर्न अनुशासन र संस्कार आवश्यक ः पूर्व मन्त्री यादब
पूर्व शिक्षा मन्त्री चित्रलेखा यादबले पार्टीको संगठनलाई विस्तार गरेर सेवक भई काम गरे त्यसको प्रतिफल अवश्य पाउने वताईन ।
पार्टिभित्र अनुशासन हुनु जरुरी छ । अनुशासन बिहिन राजनीति,कुसंस्कारले कसैको विकास नहुने बताउदै भनीन सवैमा अनुशासन र संस्कारको बानि बसाल्नु जरुरी रहेको वताईन । तब मात्र हामी राम्रो पार्टि र राम्रो संगठनको परिकल्पना गर्न सक्छौ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले गुट र उपगुटको राजनीति अन्तय हुनु जरुरी रहेको बताए । जिल्लामा पार्टि भित्र बढडो किचलोले कसैको भलो नुहुने भन्दै गएको चुनाबमा परिणाम देखाईसकेको बताए । उक्त कार्यक्रममा वडा नम्बर दूई र अन्य वडाबाट विभिन्न पार्टि परित्याग गरी दूई दर्जन बढि कार्यकर्ताहरु प्रवेश गरेका छन् ।
प्रमुख अतिथिको रुपमा रहेको सिता देवी यादब,विशिष्ट अतिथि चित्रलेखा यादब,जिल्ला सभापति राम चन्द्र यादब लाई विष्णुपुर गाँउपालिका अध्यक्ष पदका प्रत्यासी उम्मेदवारको रुपमा रहेको राम चन्द्र यादबले दोसाला ओढाई उनिहरुलाई सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा काँग्रेशका संघिय,प्रदेश, जिल्ला स्तरीय र स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।