गोलबजारमा वेवारीसे अवस्थामा नवजात शिशु भेटियो
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०९ माघ । सिरहाको गोलबजारमा एक नवजात शिशु फेला परेको छ । गोलबाजर नगरपालिका ८ सिडियोटोल नजिकैको आँप बगैचामा रहेको परालको कुन्यूमा तेल लगाएर सुताइराखेको अवस्थामा नबजात शिशु फेला परेको प्रहरीले जनाएको छ । बच्चा रोएको सुनिएपछि गाउँलेले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख नविन घिमिरेले जानकारी दिए । १०/१५ दिनको जस्तो देखिने बालकलाई तेल मालिस गरेर चिटिक्क पारेर राखिएको अवस्थामा भेटिएको प्रहरीले बताए ।

बच्चा अवैध सम्वन्धबाट जन्मेको हुन सक्ने अनुमान गरिएको छ । श्रीमान बैदेशिक रोजगारीमा रहेका महिलाले परपुरुष सँगको अवैध सम्वन्धका कारण बच्चा जम्मिएको हुन सक्ने अनुमान गरिएको छ ।नवजात शिशु गोलबजार स्थित भुमिजा अस्पतालमा राखिएको छ । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अहिलेसम्म कसैले मेरो बच्चा हो भनेर खोज्दै नआएकोले आवश्यक प्रकृया पुरा गरी कतै जिम्मा लगाउने प्रहरीले जनाएको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्