हिँसाको कारण ९७ प्रतिशत महिला अनैतिक सम्बन्धमा, सात बुंदे लहान घोषणापत्र जारी
Advertise Here Book Now

समाजमा बढ्दो दहेजप्रथा, भोजप्रथा, बालविवाह, घरेलु हिँसा, बोक्सीप्रथाको अन्त्य गर्न यो लहान घोषणापत्र लोहाको काम गर्ने उहाँ मेयर साहले बताउँनुभयो । मेयर साहले यो समाजमा विवाह गर्दा मँचमा बोलाएर आशिष दिनेप्रथाको अन्त्य हुनुपर्छ । विवाहमा दाईजोको बढावा दिन बहीखात्ता लिएर बस्ने गरेको छ त्यसको पनि अन्त्य हुनुपर्छ । डिजे बाजा यथाशिघ्र बन्द हुनुपर्छ मेयर साहले बताउँनुभयो । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले ‘बालावस्थामा विवाह गर्नु भनेको आफ्नै बाबुबाट छोरीलाई बलात्कार गराउँनु हो । यसैले २० बर्ष पूरा भएका परिपक्व वैश्यलाई मात्रै विवाहको तयारी गरायो भने स्वस्थ समाज निर्माणको लक्ष्यमा पुग्न सकिने उहाँले बताउँनुभयो ।
ओरेक नेपालकी देवकुमारी महराले बोक्सी, दाईजो, हिँसा नै हानिकारक परम्परागत अभ्यास हो । यसको विरुद्धमा अभ्यास भएन भने मृत्यू दर बढ्ने यथावत रहने छ । यसैले उमेर पुगेर विवाह गर्न जोड दिँदै महराले १५—१६ बर्षमा विवाह गरेर यहाँ महिलाको पाठेघर काटेर फालिने गरेको छ । जहाँ महिलाको मुल शक्ति पाठेघर नै हो महराले बताईन् । महराले दहेजको कारण यहाँ लिंग पहिचान गरी भ्रुण हत्या भइरहेको छ । यसमा कतिले भने गरेको छ , वैदेशिक रोजगारको कारण यस्तो हुने गरेको छ तर, त्यो होइन् हिँसाको कारण ९७ प्रतिशत महिला अनैतिक सम्बन्धमा रहन बाध्य छन् भने ३ प्रतिशतका वैदेशिक रोजगारमा रहेका पत्निहरु यो अवस्थामा रहेको हामीले सर्वेक्षण गरेर सार्वजनिक गरेको उहाँले बताईन् । ९७ प्रतिशतमा ससुरा, समाजका व्यक्ति, देवरसँग यौन शोषणमा परेका छन् भने ३ प्रतिशत मात्रै स्वच्छाले यस्ता सम्बन्धमा रहेको महराले दावी गरिन् ।
समग्र जनउत्थान र नागरिक सहकार्य मँचको आयोजनामा भएको सो कार्यक्रममा संघीय संरचना अनुसार बनेका ऐन, नियम, कानुन र नीतिहरुलाई अवलम्बन गर्दै समाजिक कार्यहरुमा विवादरहित रुपमा भूमिका निर्वाह गर्ने लहान घोषणापत्रमा उल्लेख छ । यसैगरी, भोजभतेर स्वेच्छिक निर्णय अनुरुप गर्ने गराउँने ,बालविवाहलाई निरुत्साहित पार्दै यस्ता विवाहमा माईन्जनहरु सरिक नहुने र बालविवाह विरुद्ध सचेतना अभियान चलाउँने, दाईजो लेनदेनलाई निरुत्साहित गर्दै नियन्त्रणमा सहयोग पुर्याउँने घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी जाति, वर्ण र लिँगको आधारमा कसैले कसैलाई पनि भेद्भाव नगरी सम्मानजनक व्यवहार गर्ने ,समाजिक कुरिती, कुप्रथा, हानिकारक परम्परामा आधारित लैगिँक हिँसा हुन नदिन व्यवहारमा परिवर्तन गर्दै समाजिक रुपान्तरणका लागि सचेतना जागृत गराउँने र समाजिक भाईचारा तथा मेलमिलापलाई जोड दिँदै विभिन्न जातजातिबीच सहयोग, समन्वय र सहकार्यमा जोड दिई समुदायमा शान्ति र मेलमिलाप कायम राख्न कृयाशिल रहने जातीय माईन्जन समन्वय समितिले जारी गरेको घोषणापत्रमा उल्लेख छ ।
कार्यक्रममा लहान नगरपालिकाका उपमेयर सरियार चौधरी, समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष भैरब गैलाल, नेपाल पत्रकार महासँघ सिरहा लहानका अध्यक्ष दिनेश्वरप्रसाद गुप्तालगायतले हानीकारक परम्परागत मूल्यमान्यता तथा प्रचलनहरुलाई अन्त्य गर्न जोड दिएका थिए । कार्यक्रमका सभाध्यक्षता नागरिक सहकार्य मँच लहानका संयोजक दुर्गा परियार गरेका थिए ।