लप प्रमुख साहमाथी भ्रष्टाचारको आरोप, भतिजाको नाममा कारोबार
Advertise Here Book Now

धमियाइन माविमा पर्खाल निर्माणको लागि विनियोजित ५ लाख रकम आफु कुम्लाउँनको लागि भतिज विजय साहलाई नै हर्ताकर्ता बनाएको आरोप छ । वडा ३ मा माटो ग्रावेलको लागि विनियोजित गरिएको १० लाख रकम समेत हिनामिना गरिएको छ भने त्यसको उपभोक्ता समितिका कोषाध्यक्ष विजय साहलाई नै बनाएर रकम झ्वाम पारेको अध्यक्ष साहमाथी आरोप छ । कर्मचारी पुरस्कार तथा स्थानीय प्रोत्साहन भत्ता वापतको १२ लाखको डुप्लिकेट बीलभरपाई बनाएर पेश गरिएको आरोप छ । परिषदको लागि विनियोजित ९ लाखमा समेत व्यापक अनियमितता गरेको उजुरीपत्रमा उल्लेख छ । त्यसैगरी, गरिबसँग विशेश्वर कार्यक्रमका १,६९,०००० विनियोजित रकम लक्षित गरिबवर्गले नपाएको आरोप छ । भवन मर्मत तथा सुधारको लागि विनियोजित ४ लाख ५० हजारमा सहि ढंगबाट काम नभएको आरोप छ । कार्यालय सँचालनको लागि मेसनरी समान, कम्प्युटर प्रिन्टर, व्याट्री, इन्भेटर, सोलार खरिदको लागि विनियोजित १५ लाखको डुप्लिकेट वील भरपाई बनाएको आरोप छ ।
गरिबसँग विशेश्वर कार्यक्रम २ लाख ६० हजारमा समेत अनियमितता गरेको छ भने पोखरी ठेक्कामा अनियमिता गरेको आरोप छ । यो सँगै लेखापरीक्षकबाट स्थलगत निरीक्षण नगराई प्राविधिकहरुबाट अनियमित तरिकाले स्टीमेट मूल्याँकन गरेकोले त्यसकै आधारमा लेखापरीक्षण गर्न खोजेको तर स्टटमेट अनुसार काम नभएकोले सोको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई जानकारी गराउँदै कारवाहीको माग गरेको छ । यसवारे लप प्रमुख साहसँग सम्पर्क गर्दा ‘स्थानीयतहको आफ्नै अधिकार छ ।’ ‘हामी कानुन आफ्ै बनाएर काम गर्छौ ।’ ‘कुनै अनियमिता भएको छैन ।’ ‘यो अधिकृतले चलाउँने हो ।’ ‘अधिकृतले नै जानोस् ।’ उजुरी हाल्ने हाल्छ, त्यो सँग म डराउँनेवाला छैन ।’ ‘छानविन होस् म त्यस्तो केही गरेका छैनौं ।’ लक्ष्मीपुर पतारीमा इन्धनमा समेत व्यापक अनियमिता भएको छ ।