लहान महिला फोरममा रिता यादव
Advertise Here Book Now
नवसंग्राम दैनिक लहान, २४ माघ । संघीय समाजवादी महिला फोरम लहान नगर अधिवेशन आज एक कार्यक्रमबीच सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजलाल यादवका प्रमुख आतिथ्यमा भएको सो अधिवेशनमा महिला फोरमकी केन्द्रीय सदस्य निर्मला यादव, संजिला यादव, इन्दु साह, त्रिपुरा झा, रामचरित्र महतो, दिनेश महतोलगायतको विशेष उपस्थिति रहेको थियो । सो अधिवेशनले लहान नगर समितिका अध्यक्षमा रिता यादवलाई सर्वसमितिले चयन गरेको छ । ३५ सदस्य महिला फोरमको नगरसमिति गठन भएको छ ।