लहानलाई आँपको सुपरजोन बनाउँन जोड
Advertise Here Book Now

कार्यक्रमको अवधिमा ९ जना महिला र १६ जना पुरुष सहित जम्मा २५ जनाको सहभागि तालिम रहेको छ । कृषक रामसुन्दर यादवले हामी आफनो खेतवारीमा आँप खेत परम्परागत रुपमा गर्दै आएको थियो । अब हामीले यो तालिम प्राप्त गरिसकेपछि आँप खेती ६ मिटरको दुरी छोडेर आफनो खेत बारीमा बोट विरुवा रोप्नु पर्ने बताएका छन् । पहिले पनि आँप खेती गरिन्थ्यो तर समस्या समाधान सहित कहिल्य पनि यो खेती गरेको थिएन । अब हामी भविष्यमा वादविवाद नहुने गरी आँप खेती निरन्तर रुपमा गर्छौ तालिमका सभाध्यक्षता गरिरहनु भएका लहान नगरपालिकाको कृषि संयोजक प्रदिप चौधरी बताउँछन् । उनी अगाडि थपे–लहान नगरपालिका लहान आँप खेतीको पहिचान बोकेको छ । हाम्रो यो शान कृषकहरुको मेहनत र कडा परिश्रम फलबाट प्राप्त भएको छ । आँप खेतीलाई व्यवस्थापन गर्ने घरेलु उपचार लगायत यो नगरपालिका आँपको पकेट क्षेत्र रहेको छ । प्रशिक्षिक तथा कार्यालय प्रमुख प्रकास साहले हाम्रो लहान नगरपालिकाको लहान आँप पकेट क्षेत्रमा भई सकेपछि हामीले नियमित रुपमा कृषकहरुलाई आँप खेती बारेमा प्राविधिक कुराहरु र आँपमा लाग्ने मधुवा रोग लगायत अरु रोगहरुलाई नियन्त्रण गर्ने उपायहरुको बारेमा प्रभावकारी प्रशिक्षण गर्नु भएको थियो ।कृषि विकास शाखाबाट ७५% अनुदानमा तरकारीको वीउ तरकारी बाली,फलफुल लगायत अन्य मानव उपयोगी बालीहरुकमा घरेलु विषादी स्प्रे गर्नको लागि लहान नगरपालिकाबाट १०० वटा अनुदानमा १६ लिटरको टयाँकी वितरण भएको छ ।
लहान नगरपालिका मयेर मुनी साहले हाम्रो लहान समृद्ध लहान नारा भनेको लहानको कृषकहरु समृद्ध हुनु हो । यो तालिम दैनिक उत्थानको लागि संचालन गरेको छ । समय समयमा आँप खेतीमा अनुदानको पनि व्यवस्थापान मिलाएका छौँ । पहिले लहानको आँप काठामाण्डौँ शहरमा बोलेर पनि लहानको आँपको विक्री भएको थियो । लहानको चुरा,धान,चमाल बँगलादेश सम्म विक्री हुने गरेको थियो । यो कामहरुले गर्दा लहानको नाम चम्किएको थियो । हाल लहानमा उत्पादन भएको आँपको व्यवस्थापनको लागि शित भण्डारण हामीले स्थापना गर्ने लक्ष्य अनुसार योजना बनाएका र्छौ । आँप खेती नगदे बाली हो । लहान नगरपालिकाबाट प्राप्त भएका तालिमहरु विषयगत रुपमा खेती गर्ने क्षेत्रमा कृषकहरुले काम गर्नुपर्छ । हामीले लहानलाई आँप खेतीको सुपर जोनमा परिणत गर्न नेपाल सरकारसंग अनुरोध गरेको छौँ । आँप खेतीमा लहानको नाम कमाउने हाम्रो साझा लक्ष्य रहेको छ ।