प्रकृतिको दोहन नरोकिए विनाश हुने ः प्रदेश प्रमुख कायस्थ
Advertise Here Book Now

मन्तव्यका क्रममा प्रदेश साँसद तथा सेभ हिस्टोरिकल जनकपुरका सँयोजक राम अशिष यादवले कर्म गर्दै जानु र सम्मानको चिन्ता नगर्न अभियानीहरुलाई सल्लाह दिएका छन । उनले पोलोथिनको प्रयोगले पर्यावरण प्रदुषित हुने र प्रदुषित वातावरणले रोगीको सँख्यामा बृद्धि हुने धारणा राखेका छन । कार्यक्रममा बोल्दै गणेश रायले मानवलाई २४ घण्टामा बाँच्नका लागि कम्तीमा पनि ५ हजार ३०० रुपैया बराबरको अक्सिजन बोटबिरुवाबाट प्राप्त भईरहेकोले रुख बिरुवा लगाउनुपर्ने र सँरक्षण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । त्यस्तै उनले प्रकृति र बोटबिरुवाले कसैलाई पनि अक्सिजन दिन भेदभाव नगरेकोले मानवलाई पनि एकजुट भई प्रकृति सँरक्षणमा जुट्नुपर्ने आवश्यक्ता रहेको धारणा राखे ।
यस्तै कार्यक्रममा भारत उत्तर प्रदेश बनारसका टि के सिन्हाले बिरुवा लगाउन जति सजिलो भएपनि हुर्काउन र सँरक्षण गर्न उत्तिकै चुनौती हुने रहेको बताए । उनले ग्लोबल वार्मिङलाई कसरी कम गर्न सकिन्छ तथा वातावरण कसरी जोगाउन सकिन्छ भन्ने बिषयमा तर्क प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उत्तर प्रदेश कानपुरका आकाँक्षा सिँहले पर्यावरणको रक्षा गर्न नसके अबको केही बर्षपछि अक्सिजनको सिलिण्डर बोकेर हिड्नुपर्ने बाध्यता आउने दावी गरिन । नेपाल, भारत, बँगलादेश र श्रीलँका गरी चार देश सम्मिलित उक्त कार्यक्रममा चारै देशमा वातावरण सँरक्षण तथा स्वच्छता अभियानमा सँलग्न रहेका हरुलाई सम्मान गरिएको छ । साथै अभियानीहरुलाई पोलोथिनको प्रयोग कम गर्न सुझाव दिँदै कपडाको झोला समेत वितरण गरिएको थियो । कार्यक्रममा राजस्थान जोधपुरका प्रदिप शर्मा, बब्लु सिँह, झारखण्डका ओम प्रकाश महतो, मध्य प्रदेशका डा. शान्तिलाल जयन्ती, गाजियावादका मिनु सिँह पवार, बिहार समस्तीपुरका अनमोला कुमारी भारद्धाज, नेपालका मिना सुवेदी , डा. भोगेन्द्र झा सहितले आ–आफ्नो मन्त्वय राखेका थिए ।