धनुषाका संस्थागत विद्यालयहरु भोलि बन्द
Advertise Here Book Now

ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको छ । एयर डाइनेस्टिको एएस ३५० हेलिकप्टर आजदिउँसो साढे एक बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि ज्यान गुमाउनेमा संस्कृतिपर्यटन तथानागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी,यति एयरलाइन्सकाअध्यक्ष आङछिरिङ शेर्पा, नेपालनागरिक उड्ययनप्राधिकरणका उपमहानिर्देशकवीरेन्द्रप्रसादश्रेष्ठ, मन्त्रीअधिकारीकापिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्रीकार्यालयका सल्लाहकार युवराजदाहाल, नेपालनागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहनुभएको छ । फक्ताक्लुङ गाउँपापालिका–३ लिङखिमको मयाम सिरानस्थिततारेढुङ्गामा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर फेला परेको फेदीका अहेव उपनाथपौडेलले जानकारी दिएका छन ।