मैथिली उत्कृष्ट , विकसित र सभ्य भाषा ः पुर्व प्रधानमन्त्री देउवा
Advertise Here Book Now

कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री एवम नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश दुईको नाम मिथिला भोजपुरा प्रदेश र भाषा मैथिली हुनुपर्नेमा जोड दिएका छन् । मिथिला भोजपुरा बाहेक अन्य नाम यो भूगोलका लागि उपयुक्त नहुने नेता नीधिले बताए । मैथिलीलाई दोस्रो भाषाको रुपमा संविधानको रुपमा उल्लेख गराउन पहिलो पटक सफल नभएपनि यो अभियान जारी नै रहेको नेता निधिले बताए ।
कार्यक्रममा सहभागी भएका नेकपाका नेता घनश्याम भुसालले मैथिली भाषा संस्कृति, कला साहित्य नेपालको साझा भाषा रहेको बताए । उनले मैथिली भाषाको ईतिहासले हामी सबै नेपालीलाई गौरवान्वित गर्दै आएको बताए ।
कार्यक्रममा राजपा नेपालका उपाध्यक्ष एवम राष्ट्रिय सभा सदस्य बृशेषचन्द्र लाल , नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्र.ढ्गाना , रामकृषण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , नेकपा नेता रामचन्द्र झा , सत्रुधन महतो सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । ६ दिवसीय जनकपुर साहित्य कला एवंम् अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तानसहित विभिन्न चार देशका नाट्य संस्थाले नाटक मञ्चन गर्ने छ ।
महोत्सवमा मैथिली भाषामा केन्द्रित भई प्रदेशको सांस्कृतिक परिचय, भाषा र जातीय विभाजनका प्रभाव, भाषा साहित्य संरक्षणमा चुनौती, मातृभाषा संस्कृति र युवा, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण, केन्द्रीकृत पत्रकारिता र मिथिला, प्रदेशको भाषा र नामकरण, मिथिला समाजमा महिलाको सामाजिक तथा सांस्कृतिक भूमिकाबारे नेपाल–भारतका विज्ञबीच संवाद तथा छलफल समेत गरिने छ ।
