वित्तीय साक्षरतासँगै कर्जा बीमा बापतको सुविधा वितरण
Advertise Here Book Now

बिन्नि बैंकहरुबाट कर्जा लिएर आम्दानी भन्दा बढी कर्जा बोक्दा वा लहलहैमा प्रदान कसरी कार्यत्रलम प्रभावित भएको तथा सदस्यको घर टहरा समेत विक्रिको जानकारी यस संस्थाका इलाका प्रबन्धक मणिराज खडकाले जानकारी दिनुभयो । साथै बचत गर्दा सदस्यकै हित हुने र बिना काम कर्जा लिदा डुब्नु परेको कुरा प्रस्ट पार्नु भयो । यस बैंकको सेवा सुविधाबारे जानकारी गराउदै जनकपुर शाखाका प्रबन्धक शिवकुमार ठाकुरले कर्जा तथा बचत र लघु व्यवसाय कर्जाबारे जानकारी प्रदान गर्नुभयो । संस्थाले गरिदिएको कर्जा बीमा बापतको सुविधा संस्थाले यसै कार्यक्रममा सदस्यका परिवारलाई उपलब्ध गराएको छ ठाकुरले बताउँनुभयो ।
यस शाखाका सदस्य रहेकी लक्ष्मीनिया देवीको दुर्घटनामा निधन हुदा उक्त सदस्यका आफन्त नाता पर्ने पति टुगर सिंहको मन्जुरीमा छोरी संतोषी कुमारी सिंहलाई प्रदान गरिएको छ । उनलाई ७० हजार र ३० हजार गरि २ पटकमा १ लाख कर्जा लिए वापत ६०० रुपैंया बीमा शूल्क कटिएको उक्त सदस्यको आफन्तलाई २ लाख ८० हजार बीमा सुविधा अमेरिकन लाइफ इन्सोरेन्स कम्पनी लि.(मेटालाइप)ले उपलब्ध गराएको हो । करिब २ सयको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा वडाध्यक्ष, सदस्य तथा जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको छ ।