‘रोशनी’मा नायिका कसिस कसिए
Advertise Here Book Now

आधुनिक युगसँगै समाजिक विकृति विरुद्ध बुलन्दी आवाज उठाइएको ‘रोशनी’ चलचित्रमा अन्तरजाती प्रेमको कारण नायिका कसिसले भोग्नुपरेको पीडालाई चित्रण गरिएको छ । रोशनीको नामले कसिसलाई यस चलचित्रमा चित्रण गरिने भएको छ ।

दिक्षान्त मुभिज क्रेशनको व्यानरमा निर्माण हुन लागिएको ‘रोशनी’को निर्देशन खुम सुनार रहेका छन् । कलाकारहरुमा दीपक पाण्डे, रमेश आबजु, सुभाष परियार, उज्जवल गिरी, मेनुका गिरी, सन्जुलगायतका छन् ।

कसिस सफल नायिकाको रुपमा नेपाली चलचित्रमा अवतर भइरहेकी छीन् भने मधेशी मैथिली, भोजपुरीलगायतको चलचित्रमा अमिट छाप समेत छोडेका छन् । प्रदर्शनको तयारीमा रहेको ‘मिशन मधेश’ चलचित्रमा मुख्य नायिकाको रोल गरेकी कसिस मुजिक भिडियोमा समेत सक्रिय रहदै आएकी छीन् । हुन पनि हो सुन्दरताले भरिएकी मात्र नभई एक्शन, डायलग र एक्टिँगमा निखारिएकी कसिस दाहाल यतिबेला प्रेममा आधारित कथानक चलचित्र ‘रोशनी’ को सुटिँगमा सक्रिय भएकी छीन् ।
