वर्तमान सरकार पक्षपाती ः कांग्रेस वरिष्ठ नेता पौडेल
Advertise Here Book Now

जनताको भावनामा खेलवाड गर्दै मधेशवादी दल सत्ता र कुर्सीमा रुमलिएको पौडेलको तर्क थियो । मधेशलाई समृद्ध बनाउँन चुरे संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । कम्युनिष्ट सरकार कहिले पनि संघीयताको पक्षमा नरहेको जिकिर गर्दै पौडेलले वर्तमान सरकार सबै निकायलाई आफ्नो मातहत ल्याउन उद्धत रहेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले मधेशवादी दललाई बहरुपियाको संज्ञा दिएका छन । उनले मधेशवादी दलहरु मधेशी जनतालाई ठग्नु बाहेक केही काम नगरेको आरोप लगाएका छन । मधेशको नारा दिएर अगाडि बढेको फोरम अहिले मधेश विरोधीसंग नै साठगाठ गरेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व कृषि मन्त्री रामकृष्ण यादवले वर्तमान सरकारले अलोकतान्त्रिक कामहरु गरेर लोकतन्त्र माथि खतरा ल्याउन खोजेको बताए । उनले मधेशी मोर्चाको कारण प्रदेश नं. २ मा संघीयता खतरामा रहेको बताए । संघीयता कहिल्यै नचाहनेहरु नै सरकारमा रहेकोले संघीयता र लोकतन्त्र जोखिममा परेको उनले बताए । नेपाली कांग्रेस धनुषाका अध्यक्ष महेशशंकर गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा हजारौंको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शहिद रामसेबक यादव (खलिफा) को शालिक अनावरण गरिएको छ । भने शहिद परिवारका व्यतिmहरुको सम्मान समेत गरिएको थियो । यादवको माओवादी जनयुद्ध कालमा २०५८ साल चैत १६ गते होली पर्वको दिन राती गोली दागी हत्या गरिएको थियो ।

