लप प्रमुख साह विवादमा फस्यो, विपक्षीहरु आन्दोलनको आँधी चलाउँने
Advertise Here Book Now

यही विवादसँगै गाउँपालिकाले गरेको आर्थिक अनियमिता सम्बन्धी समाचार आउँन थालेपछि अध्यक्ष साहले अस्ति पत्रकार सम्मेलन गरे । सम्मेलनमा अध्यक्ष साहले भने ‘यहाँ कुनै अनियमिता भएको छैन ।’ ‘अख्तियारमा उजुरी दिएको छ ।’ ‘अख्तियारलाई चाहिने सबै प्रमाण हामी दिन तयार छु ।’ एक स्रोतका अनुसार अख्तियारले आवश्यक कारवाहीको लागि गाउँपालिकासँग विवरण माग गरिसकेको छ ।
उता, नेकपा र काँग्रेसको सँयुक्त बैठकले गाउँपालिकाको कामकाज तथा विकास निर्माणमा भएको अनियमिता छानविनको लागि एक सँघर्ष समिति बनाएको छ । सो समितिको बैठक आज लक्ष्मीपुर पतारीको पिपरामा बसेको थियो । बैठकले उपभोक्ता समिति बनाउँदा सबैपक्षका समावेश गरेर बनाउँनुपर्ने जोड दिएका छन् । राजेन्द्र साहका सँयोजत्वमा १३ सदस्य उपसमिति बनाएको छ । समितिमा चतुरानन्द सिँह दनुवार, देवनारायण साह, राहुल यादवलगायत छन् । सो समितिले गाउँपालिकाले अनियमिता नरोकिए र विपक्षीलाई पेल्ने तथा हेप्ने प्रवृति अध्यक्ष साहले नरोके अगामी दिनमा हजारौको प्रदर्शन गरि गाउँपालिकामा तालाबन्दी गर्ने तयारीमा जुटेका छन् । अध्यक्षको कार्यसम्पादनमा सुधार नआए गाउँपालिकाको सबै कामकाज ठप्प पारेर उपाध्यक्ष आशा यादवलाई कार्यवाहकको रुपमा काम गर्न तयारी गर्ने बैठकका एक सदस्य बताएका छन् । पोखरभिन्डाका विष्णुदेव यादवलाई कुटपिट गर्दा स्थानीय सर्यौंको सँख्याले फागुन १८ गते गाउँपालिका अध्यक्ष साहलाई कार्यकक्षमै तीन घण्टा घेरा हालेको थियो । लप वडा ६ का अध्यक्ष राजेश्वर साह भन्छन् —‘सँघीय सरकारबाट ल्याएको तराई मधेश समृद्ध अन्तरगतको कार्यक्रमको लागि पोखरीको ठेक्का समाप्त गर्नुस् ।’ ‘योजनाको काम अघि बढाई दिनुस् ।’ ‘आज तीन महिनादेखि म चिच्चयाइरहेको छु ।’ ‘अध्यक्षले फ्रिज होस् भन्दै आलटाल गर्दै आएको छ ।’ सितापुर बजार पोखरी निर्माण हाट बजार व्यवस्थापन योजना स्वीकृत भएपनि विपक्षीलाई पेल्ने उद्देश्यले कार्यक्रममा गापा अध्यक्ष साहले रोक्दै आएको वडाध्यक्ष साहको आरोप छ । सिरहामा यस्ता आधा दर्जन गाउँपालिका तथा नगरपालिकाका प्रमुखले आफ्नो गोरुको बाह्रै टाका भन्दै विपक्षीलाई पेल्दै आएको छ । यसैको परिणाम स्वरुप सिरहाको कति स्थानीयतहमा आवश्यकता बमोजिम विकास निर्माण कार्य ठप्प रहेको छ । बहुमतको धक्कु लगाएर प्रमुखहरुले स्थानीयतहलाई निजी सम्पतीको रुपमा प्रयोग गर्दै आएको छ ।
