सिरहामा जनमत पार्टीको विशाल जनसभाको तयारी पुरा (फोटो फिचर)
Advertise Here Book Now

नेपाल सरकारसँग ११ बुँदे सहमति पश्चात् मूलधारको राजनीतिमा आएका डा. राउत सम्बोधन गर्ने जनसभाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनसभा मुल आयोजक समितिका संयोजक तथा पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवले बताए । जनसभामा ठूलो संख्यामा जनमास उतार्ने लक्ष्य बमोजिम व्यवस्थापन गरिएको उनले दाबी गरेका छन् । जनसभा स्थल मोहन मावि मिर्चैयाको प्राँगनमा विशाल पण्डाल बनाइएको छ भने नगरको बिभिन्न भागमा स्वागतद्धार निर्माण गरिएको छ ।
डा. राउतको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेपछि जनमत पार्टी गठन गरेर ‘जनमत दो, आजादी लो’ नारा सहित अघि बढेको छ । नेपाल सरकारसंग सहमति पश्चात लहानमा दुई दिनसम्म बसेको बैठकले जनमत पार्टी गठन गरेका थिए ।
सुरक्षा व्यवस्था चुस्त : डिएसपी खनाल
भोली हुने सिके राउत नेतृत्वको विशाल जनसभाको मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यबस्था मिलाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले जनाएको छ । आफ्नो मातहतमा रहेका ईप्रका तथा चौकीहरुको सुरक्षाकर्मीहरुलाई आवश्यकता हेरी परिचालन गरिएको उनले बताए । पब्लिकको अवस्था हेरी आवश्यक परे अन्यत्रबाट पनि थप सुरक्षाकर्मी बोलाउने डिएसपी खनालले बताए ।