मिर्चैयामा संगितमय श्रीराम कथा ज्ञान यज्ञ सुरु
Advertise Here Book Now

यज्ञको प्रारम्भमा कथा स्थलबाट गाँजाबाजा सहित निकालिएको कलश यात्रा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । कलश यात्रामा सैयौको संख्यामा संत, महन्त, अनुयायी, महिला पुरुषहरुको सहभागिता रहेको थियो ।
यज्ञको माध्यमले कथा बाचिकाले श्रीरामका जन्म र लिलाको विषयमा चित्रण गरी रहस्योद्घाटन गरिरहेकी छिन् । दिव्य ज्योति जाग्रति संस्था मिर्चैयाको आयोजनामा आजदेखि सुरु भएको यज्ञ चैत २४ गतेसम्म चल्ने आयोजक समितिका सचिव रमेश श्रेष्ठले जानकारी दिएका छन् ।
यज्ञ पा्ररम्भको क्रममा संस्थाका प्रतिनिधिको साथै मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव, उपमेयर जिवछी देबि साह, बिभिन्न बडाका बडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेब खनाल लगायत उल्लेखनिय सहभागिता रहेको थियो ।