बहुक्षेत्रिय पोषण सम्बन्धि एक दिने नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न
Advertise Here Book Now
किशोर कुमार मंडल चैत २७ धनुषाको मिथिलाबिहारी नगरपालिकामा बहुक्षेत्रिय पोषण सम्बन्धि एक दिने नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मिथिलाबिहारी नगरपालिकाका नगर प्रमुख अनिल यादवको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा मिथिलाबिहारी नगरपालिकाका उपप्रमुख अनिता कुमारी साह , प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मंडल , नगर कार्यपालिका सदस्य उमेश कुमार साह , वडा नं. १ का वडाध्यक्ष प्रमोद कुमार मंडल , वडा नं. २ का वडाध्यक्ष सुरेश कुमार मंडल , वडा नं. ३ का वडाध्यक्ष कृष्ण कुमार बसन्त , वडा नं. ४ का वडाध्यक्ष महादेव यादव , वडा नं. १० का वडाध्यक्ष ललित नारायण झा , वडा नं. ५ का वडाध्यक्ष बिनोद कुमार मंडल सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

