एनआईसी एसिया बैंकको देशभरी नै चमत्कारी योजना
Advertise Here Book Now

देशभरी २८१ वटा शाखा कार्यालय, २८९ वटा एटीएम, ३९ एक्सटन्सन, २३ शाखा रहित बैंकिङ्ग इकाइबाट कुल १५ लाख ६० हजार ग्राहकलाई सेवा दिँदै आएको छ भने सिरहामा प्रदेश २ मा ४३ र सिरहामा ६ शाखा रहेको छ । बैंकले २८१ वटै शाखाबाट सो चमत्कारिक निक्षेप खाता खोल्न सक्ने योजना अगाडि सारेको हो । बैंकले नयाँ योजना अन्तर्गत निक्षेप बचत तर्फमात्र चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक ज्येष्ट नागरिक बचत खाता, चमत्कारिक बाबु नानी बचत खाता,चमत्कारिक विद्यार्थी वचत खाता,चमत्कारिक स्वरोजगार बचत खाता, चमत्कारिक तलव वचत खाता लगायत रहेको योजनाहरूको विशेषताबारे जारी विज्ञप्तीमा उल्लेख छ । निक्षेप योजनामा ग्राहकले १५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १५ लाख रुपैयाँसम्मको नै १८ वटा घातक रोगको बीमा तथा एक लाख ५० हजार सम्मको औषधि उपचार बीमा प्राप्त गर्ने योजना ल्याएको छ । चमत्कारिक योजना अनुसार कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएका २२ योजनाले हरेक वर्ग र क्षेत्रका ग्राहकलाई समेट्ने बैंकले विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ ।