दोहोरो लेखा प्रणाली सम्बन्धि तालीम सुरु
Advertise Here Book Now

संजय विश्वकर्मा लहान , २१ कार्तिक सप्तरीको सुरुङ्गा नगरपालिकाको श्री जनप्रभात माबी दौलतपुरमा आज एक दिने दोहोरो लेखा प्रणाली तालिम सुरु भएको छ । समाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष देवेन्द्र चौधरीको प्रमुख आतिथ्यमा संचालित तालीममा बिधालयको दोहोरो लेखा प्रणाली कार्यान्वयन को साथै बिधालयको लेखा लाई सुदृढ गर्ने उदेश्यले तालीम संचालन भएको कार्यक्रम संचालक कमल सेन ठकुरीले जानकारी दिनुभएको छ । वडा नम्बर ३ का वडा अध्यक्ष रुद्र बहादुर कार्कीको सभाअध्यक्षतामा संचालित तालीममा सो नगरपालिकाका १५ बिधालयका ३० जना प्रधानाध्यापक , लेखा सम्बन्धि काम गर्ने शिक्षकको सहभागिता रहेको जनप्रभात माबी दौलतपुरका प्रधानाध्यापक सुर्य नारायण चौधरीले बताए । तालीमको सहजीकरण सुरुङा नगरपालिकाका लेखापाल चित्र प्रसाद आचार्यले गरिरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्