सिरहाको कबिलासी स्कुलमा गैर कानुनी रुपमा विधालय व्यवस्थापन समिती गठन :
Advertise Here Book Now

विधालयका प्र.अ. सोनफि यादवले स्थानीय शिक्षा ऐन बमोजिम विधालय व्यवस्थापन समीती गठन गरको दाबि गरेका छन् । यस्ता गठित समीती माथी चित नबुझेको राजनीतिक दल र अभिभाकहरुलाई अब पनि चित बुझदो खाले समीती गठन गर्न सक्ने प्र.अ. यादवले बताए । नव गठित समीतीको बारेमा बुझन खोजदा बैठक रजिस्टर विधालयमा नभएको र सो रजिस्टर प्र.अ. यादवले नै लगेको विधालयका निमित प्र.अ.राम कृपाल ठाकुले बताए । ठाकुरले थपदै भने म शिक्षा तर्फको पढाई हेरने गर्दछु प्रशासनिक कार्य प्र अ आफै हेर्ने गर्दछ ।
गठन गरीएको विधालय व्यवस्थापन समीती राजतन्त्र कालमा हुने गरेको कानुन हुबहु हो । राजाको शैलिमा अध्यक्ष पदमा टिका लगाउने प्रवधान ल्याएको प्रति स्थानिय अभिभावकहरु, राजनीतिकर्मी, भद्र भलादमीहरुको आपति रहेको छ । यसरी गैरकानुनी तरिकाबाट गठन गरीएको विधालय व्यवस्थापन समीती विघटन गरी संघिय शिक्षा ऐन अनुसार समीती गठन गर्न आयोजक समीतीले जोडदार माग गरेका छन् ।
विगत डेढ वर्षदेखि समीती विहिन रहेका विधालयमा समीती गठन भएको दिन नगर प्रहरी, शस्त्र प्रहरी समेत बोलाइ समीती गठन गर्न दबाब सिर्जना गर्ने र प्र. अ.ले ३ जनाको नाम स्थानिय तहमा पठाइ एक जना छान्ने जस्ता प्रक्रिया अपनाइएको आरोप समाजवादि पार्टीका केन्द्रिय सदस्य हरी नारायण कामतिले लगाएका छन् । गठन गरीएको समीतीलाई ८० प्रतिशत भन्दा बढि अभिभावकहरुले मान्यता नदिएको र वडा ४ का वडा अध्यक्ष राम लोभित यादवले पनि प्र.अ. यादवकै संरक्षण गरेको नेपालि कांग्रेसका महासमीती सदस्य राजकुमार पासवानले वडा अध्यक्ष यादव माथि आक्रोस पोखेका थिए ।
यता भु.पु. विधालय व्यवस्थापन समीतीका अध्यक्ष रामवालक यादवले पनि वर्षौ देखि विधालयमा हर हिसाव नभएको, प्र.अ. यादव नियमित विधालय नआएको, छात्रवृति रकम, प्लस टु को रकममा हिनामिना, कम्प्यूटर, प्रिन्टर जस्ता उपकरणमा मनमानी गरेको आरोप समेत लगाएका छन् । प्र.अ. यादव माथी विधालयका प्रा.वि. तहका शिक्षा संजय कुमार यादवको २०७४। ७५ को पहिलो चौमासिक तलब नपाएको शिक्षक यादवले गुनासो पोखेका छन् । संर्घष समीती सुखीपुर नगरपालिका ४ कविलासी द्वारा आयोजित पत्रकार सम्मेलन मार्फत विधालयमा शान्तिपूर्ण धारणा लगायत बिभिन्न किसिमका चरनबद्ध आन्दोलनका कार्यक्रम सार्वजानिक गरिएको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गर्दै संघर्स समीतीका एक सदस्य तथा राजपाका नेता राम रिझन यादवले बताउनुभएको छ । नव गठित विधालय व्यवस्थाापन समितिको अध्यक्षमा श्याम कुमार यादव चयन भएको छ ।