सिरहा बासीको म ऋणि छु : अध्यक्ष प्रचण्ड
Advertise Here Book Now

एक फरक प्रसंगमा उनले तराई–मधेस र पहाडलाई जोडेर आर्थिक समृद्धिको नयाँ यात्रा सुरु भएको बताए । संविधान संशोधनका लागि पार्टी सकारात्मक रहेको भन्दै मधेससँग आफुले गरेको प्रेम टुट्न नदिने बताए। ‘सिरहा आउँदा आफ्नै घर आएजस्तो लाग्छ’, उनले भने, ‘माइत आएको महसुस हुन्छ।’ यस्तै नेकपा नेता तथा पुर्व मंत्री मातृकाप्रसाद यादबले मधेस–पहाडका उत्पीडित जनता एकजुट नभएसम्म अधिकार नपाउने बताए। उनले एउटा मधेसी दल सरकार छोड्दा अर्को दल सरकारमा आउन खोजेको भन्दै मधेसी जनता एकजुट नभएसम्म संविधान संशोधन नहुने धारणा राखे।
त्यसतै अर्का नेत्री सरीता निरीले भने मधेशमा एउटा राष्टिय प्रश्न उब्जेकोछ त्यो प्रश्न एकदिन घटनामा परीनत पनि हुन सक्छ त्यसकारण प्रश्नको उत्तर सामुहिक रुपमा खोजन तयार छौ सामुहिक रुपमा प्रश्नको उत्तर आएन भने हामी मधेशी आफै उत्तर खोज्न तयार हुनेछौ । ‘कला संस्कृति हाम्रो स्वभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ मूल नारासहित १० दिने मेला सुरु भएको हो। स्थानीय कृषिलाई आधुनिकीकरण गर्न प्रोत्सान, बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा न्यूनीकरण, विद्यार्थीको क्षमता अभिवृद्धि, स्थानीय व्यवसाय प्रवर्धन तथा आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ महोत्सवको गरिएको गाउँपालिका अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका संयोजक केदारनाथ यादवले बताएका छन।

