सिरहा नगरपालिकाको वडा न.१५ द्वारा राहत वितरण
Advertise Here Book Now
नरेशचन्द्र बरबरिया,सिरहा २२ गते ।कोरोना संक्रमण बढ्न नदिन गरिएको लकडाउनका कारण दैनिक जीवन कष्टर बन्दै गएका विपन्न परिवारलाई सिरहा नगरपालिकाको वडा न.१५ ले राहत वितरण गर्न शुरु गरेका छन । राहत वितरणको पहिलो दिनमा माडर बजारका गरिब,बिपन्नलाई राहत बाडिएको छ । वडा अध्यक्ष धनिकलाल यादवले जम्मा ४८९ घरधुरीलाई २५ किलो चावल,३ किलो दाल,२ किलो नुन,२ लिटर खाने तेल,२ वटा नुहाउने साबुन प्याकेज बनाएर प्रत्येक परिवारलाई वितरण गरिरएको अध्यक्ष यादवले जनाए । ‘तथ्यांक संकलन गर्न समय लागेको हुँदा राहत वितरणमा केही ढिलाई भयो,’ अध्यक्ष यादवले भने,‘ढिलै भएपनि लकडाउनको नीतिलाई आत्मसात गर्दै दुरुस्तका साथ राहत वितरण हुनेछ ।राहतमा कुनै राजनीतिकरण नभएको उनले थपे राहत बितरण दुई दिन अझै चल्ने जानकारी दिए ।