शहिदनगर नगरपालिकामा १५ विपन्न परिवारलाई खाद्यान्न राहत
Advertise Here Book Now
जनकपुरधाम, वैशाख २४ : शहिदनगर नगरपालिकामा गरिव विपन्न २५ घर परिवारलाई राहत वितरण गरिएको छ ।
वडा न. ८ बिसरभोडा स्थित दास समुदायको १० परिवार र डुमरिया टोलको ५ परिवार गरि कुल १५ घरपरिवार लाई कमला बचाउ अभियानको पहलमा राहत स्वरुप खाद्यान्न समाग्री वितरण गरिएको छ ।मिथिला वाईल्ड लाईफको सहयोग र शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादवको नेतृत्वमा वाईल्ड लाईफका संयोजक देवनारायण मण्डल, वडा अध्यक्ष तनुकलाल कुसियत यादव, स्थानीय समाजसेवी राजकिशोर सलहैता, रुपेश बिराजी, नरेश यादव, आशुतोष यादव लगायतको रोहवरमामा राहत वितरण गरिएको छ ।
खाद्यान्नमा चामल १५ केजी, दाल ३ केजी, खाने तेल २ लिटर, आलु ३ केजी, नुन १ केजी, प्याज १ केजी सहितका खाद्यान्न समाग्री र साबुन २ पिस बितरण गरिएको छ । साथै सोहि शिलशिलामा कमला नदी तटको बृक्षारोपन तथा पुर्वाधारका कामको समेत अबलोकन गरिएको बताइएको छ ।