ओरेक नेपाल सिरहा दुवारा गर्भवती महिलालाई राहतमा पौष्टिक आहार
Advertise Here Book Now
महेश सिंह सिरहा २२ बैशाख - ओरेक नेपाल सिरहाले लहान नगरपालिका वडा नं. १३ का गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक आहार सहितको राहत वितरण गरेको छ । ओरेक नेपाल सिरहाले वडा नं. १३ को सहकार्यमा ११३ जनालाई राहत वितरण गरिएको हो । लहान नगरपालीका वडा नम्बर १३ अध्यक्ष महेश श्रेष्ठको उपस्थितिमा राहत वितरण गरेका छन् । नेपाल सरकारले देश ब्यापी रूपमा लागु गरेको सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेका हुन । कोरोना भईरसको कारण सिर्जना भएको समस्यामा गर्भवति महिलाहरु वढी प्रभावीत भएकाले ओरेक नेपाल सिरहा लहान पौष्टिक आहारसंगै राहत वितरण गरिएको हो । प्रत्येक व्यक्तिलाई चामल २५ केजी, दाल १.५ केजी, चना १ केजि, खाने तेल १ लिटर, नुन १ केजी, सरसफाईको लागी सावुन ३ वटा, सरफ १ प्याकेट र सुतिको कपडा २ मिटर वितरण गरेको हो ।ओरेक नेपालका अनिता चौधरीले जानकारी दिनु भयो । समस्यामा परेका सुत्केरी र गर्भवती महिलाहरुलाई समस्या बाट जोगिन ओरेक नेपाल सिरहाले पौष्टिक राहत वितरण गरेको हो ।आउने दिनहरुमा यस्तो बिपतको घडीलाई मध्य नजर गर्दै सहयोग गरिने ओरेक नेपालका संयोजक ज्योति तिवारीले जानकारी दिनु भयो ।