नबराजपुर गाउँपालिकाले सञ्चारकर्मीलाई स्वास्थ सुरक्षा सामग्री गरे प्रदान
Advertise Here Book Now
मुकेश कुमार यादव
लहान बैशाख २५ ।सिरहाको नबराजपुर गाउँ पालिकाले पत्रकारलाई आज स्वास्थ्य सुरक्षा सामग्रीहरु प्रदान गरेको छ।
नेपाली काङ्ग्रेसको नेता तथा नवराजपुर गाउँ पालिका अध्यक्ष विश्वमोहन यादवले जनकपुर टुडे राष्ट्रिय दैनिकको पत्रकारलाई स्तरीय एन ९५ मास्क, सर्जिकल मास्क,सेनिटाईजर र ग्लबज लगायत स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराएका छन ।
विशवभरी कोभिड १९ आतंक मचाईरहेको अबस्थामा मिडियाकर्मीहरु अहोरात्र खटेर समाचार एबं सरोकारबाला तथा बिज्ञहरुसंगको अन्तरवार्ता मार्फत जनतालाई सत्य तथ्य सुचना, जनचेतनामुलक संन्देश तथा साबधानीका उपायबारे मिडियाकर्मीहरुलाई हौसला बढाईदिन स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको गाउँ पालिका अध्यक्ष यादवले बताए।
कोभिड १९ महामारीको विरुद्ध मिडियाकर्मीहरुले जोखिम मोलेर फ्रन्टलाईनमा रही काम गर्दै गरेकोले आउनेदिनमा आवशयक स्वास्थ्य सुरक्षा सामग्रीहरु थप प्रदान गरीने समेत अध्यक्ष यादवले बताए।