पुस्तौदेखि बाउबाजेले भोगचलन गर्दै आएका पोखरी गाउँ पालिकाबाट जफत
Advertise Here Book Now


बि.सं. १९५९ मा पोखरी खरिद गरी आफनो बाउ बाजेको पालादेखि भोगचलन गर्दै आएका छन् । भोगचलन गर्दै आएका अर्का नबिनकुमार गुप्ताले स्थानीय तहको चुनाब हुनु आगाडि २०७२ मा गाउँका ५ जना महेन्द्र साह , मुसहरु साह, शंकर साह ,गौरी शंकर साह, बेचन मोचीले पोखरी कसैको ब्यक्तिगत हैन सार्बजनिक हो भन्दै जिल्ला आदालत सिरहा, पुनराबेदन आदालत राजबिराजमा मुद्दा दिएका थिए । अहिले यो मुद्दा जिल्ला आदालतमा मुल्तबीमा रहेको साथै सर्बाेच्च आदालतमा गईसकेकोले सुनवाई नहुन्जेलसम्म पोखरीको माछा वाली रोक्का रहेको छ । गाउँपालिकाले कुन आधारमा यो सार्बजनिक सम्पती हो भनेर ठेक्का लगाएको स्थानीय मुसहरु साहले बताए ।

भोगचलन गर्दै आएका परिवार सदस्यले गाउँपालिका सिधै हाम्रो परिबारमाथी राजनीतिक प्रहार गरेको आरोप लगाएका छन् । मुद्दाको फैसला भएको छैन । गाउँपालिकाले २०७६ फागुनमा स्थानीय सियाराम मुखियालाई सो पोखरी ठेक्का दिएको हो । पोखरी हाम्रो बाउ बाजेको नीजि सम्पती हो । हामीसंग प्रमाण छ । हामी आदालतमा मुद्दा लडिरहेको छु । आदालतले पोखरी सार्बजनिक सम्पती हो भन्ने लिखित आदेश दिएपछि मात्र गाउँपालिकालाई ठेक्का लगाउनु पर्ने उनीहरुको कथन हो । उता, गाउँपालिकाले स्थानीयबाट दश लाखको माछा झिकेर बाडफाँट गर्न लगाएको छ ।
